Graduated Incubates


सुसाम फुड प्रोडक्ट्स
विशेष गरी काठमाडौको आसपास जंगलतिर मात्र पाईने लप्सीलाई प्रयोगमा ल्याई क्याण्डी बनाईन्छ । लप्सी एक प्रकारको हर्वल पनि हो । जसमा भिटामिन सी पाईन्छ । यसलाई विशेष गरि काठमाडौ का नेवार जातिहरु ले बढी प्रयोगमा ल्याएका देखिन्छ ।


परिचय
औद्योगिक  ब्यवसाय  ऐन २०४९ पहिलो  संशोधन २०५४ समेतको  दफा  ५  र  सोही  ऐनको  दफा ३ -क) अनुसार घरेलु -कुटिर) साना उद्योग  अर्न्तर्गत  दर्ता  गरि २०६३ साल भाद्र १९ गते स्थापित  यस सुसाम  फुड  प्रोडक्स, पर्रfईभेट  र्फम  रजिष्टेशन  ऐन २०१४ बमोजिम रजिष्टर  गरि  प्रमाण – पत्र  दिएको  छ । यस उद्योगको  मुख्य  उद्देश्य  भनेकै  सुद्ध  खाद्य  बस्तु  उत्पादन  गरी  ग्राहक  बर्गमा  उपभोग  गर्राई  सेवा  पुर्‍याउनु  नै  हो । हाल  यस उद्योगले  लप्सी  क्याण्डी  उत्पादन  गर्दै  आएको  छ ।

विशेष  गरी  काठमाडौको  आसपास  जंगलतिर मात्र  पाईने  लप्सीलाई  प्रयोगमा  ल्याई  क्याण्डी  बनाईन्छ । लप्सी एक  प्रकारको  हर्वल  पनि  हो । जसमा  भिटामिन  सी पाईन्छ । यसलाई  विशेष  गरि  काठमाडौ का  नेवार जातिहरु ले बढी  प्रयोगमा  ल्याएका  देखिन्छ । नेवारहरु को  भोज  भतेरमा  बढी  प्रयोग मा  ल्याएको  पाईन्छ । एउटा  अनुसन्धान  बाट  लप्सी  बढी  उपभोग  गर्ने  काठमाडौ  बासी मा  क्यान्शरको  रोग  कम  देखिएको  भन्ने पनि  पाईएको  छ । लप्सी  क्यान्शर  रोगको  लागी  पनि औषधीको  रुपमा  लाभदायक  भएको  पाईन्छ ।  आज भोली  त  किशानहरुले  लप्सी  एउटा  पेशाको  रुपमा खेति  नै  पनि  गर्न  थालिएको  छ । कतिपय  ठाउँहरुमा सरकारले  नै  सुविधाहरु  दिएर  सामुदायिक  बनहरुमा  लप्सीको  खेति  गरिएको  पाईन्छ । लप्सी  नेपाल मा  बाहेक अरु  देशहरु मा  पाईन्दैन  भनिन्छ । लप्सीलाई  A Kind of Himalayan Fruit पनि  भनिन्छ । यस  बाट बनेको  लप्सी  क्याण्डीको  बिदेशमा  ब्यापकै  माग छ । तर  नेपालमा  केही  नगन्य  मात्रामा  खुलेका  उद्योगहरुले बाहेक अरु उद्योगहरुले  निर्यात  गर्ने  तर्फ ध्यान  दिएका  छैनन् ।

उत्पादनः
सुसाम फुड प्रोडक्सको छुटै आफ्नो स्वाद, प्याकेजीङ्ग र लोगोको पहिचान सहितकोलप्सी क्याण्डी

लक्ष्यः
यस  उद्योगबाट  उत्पादन  गरेको  क्याण्डी  कुनै  अन्य अखाद्य  बस्तुहरुसंग  मिसाबट  नगरी  ग्राहक  माझ  पुर्‍याउनु  हो । एक  पटक  उपभोग  गरी सकेपछि  उपभोक्तालाई  पटक, पटक  पनि  त्यही  सामान  उपभोग  गर्ने बानि  बसाउन, उनिहरुले  मनपराउने  स्वाद  दिने  क्याण्डीको  उत्पादन  गर्ने । आफ्नो उत्पादनलाई  विदेशी बजारमा  पनि  पहिचान  दिलाई  क्यान्डी  तथा  तितौरा को  निर्यात  गर्ने । सुसाम  फुड  प्रोडक्सको  छुटै  आफ्नो स्वाद, प्याकेजीङ्ग  र  लोगोको  पहिचान  बजारमा  कायम  गर्ने । महिला  वर्गको  रोजगारी  सृजना  गर्ने । आफ्नो देशको  पैसा  आफ्नै  देशमा  लगानी  गर्ने  र आफ्नै  देशमा  रहेको  कच्चा  पदार्थलाई  सदुपयोग  गरी  किसानले उत्पादन  गरेको  सामान  उचित  मूल्यमा  किनी  किसानलाई  लप्सी  खेतिबाट  आय  आर्जन  गर्न  उत्पे्ररित  गर्ने । नेपालको  एक  मात्र  गुणस्तर  युक्त  राम्रो  स्वादको  शुद्ध  क्याण्डी  उत्पादन  गर्ने  नम्बर  एक  उद्योगको  रुपमा  स्थापित  हुने । निकट  भविष्यमा  अन्य  यस्तै  विभिन्न  थरिका  क्याण्डीहरुको  उत्पादनमा  जोड  गर्ने ।

लक्ष्ति उपभोक्ता
सबै उमेर र्,वर्ग, लिङ्ग, जाति, भाषाका  व्यक्तिहरु

कारखाना स्थान सुनार गाउँ,काठमांडौ

निष्कर्शः
घरेलु  उद्योगको  रुपमा दर्ता  गरी  यस  सुसाम  फुड  प्रोडक्स  ले २०६३ साल  माघ  महिना  देखि  घरेलुरुपमा आफ्नो  उत्पादन  शुरु  गरेको  र  यस उद्योगबाट  उत्पादित  सामानको  बारेमा  बजारबाट  राम्रो  प्रतिकृया आईरहेको  छ ।  यस  व्यवसाय  सर्म्बर्द्धन  कार्यक्रममा  आबद्ध  भए पछि  बजारमा  नयाँ  र  भिन्नै  स्वादको  क्याण्डी  लिएर  छिटै  उपस्थित  हुदै छौ ।

छरीएर  रहेको  उद्योग, सम्बन्धी  सहि  ज्ञान  नभएकाहरु लाई  सिप, ज्ञान  र  अन्य  सहयोग  जुटाउने  उद्देश्यले शुरु  गरिएका  यस  ब्यवसाय  सर्म्बर्द्धन  कार्यक्रम (Business Incubation Program) लाई  तथा  यस कार्यक्रमका  आयोजकहरुलाई  हार्दिक  बधाई  दिन  चाहान्छु ।प्रथम चरणमै  प्रशिक्ष्यार्थी हुन  पाएकोमा  निकै  खुशि  छु।