Graduated Incubates


मातृभुमि चुलो जडान उद्योग
प्यूठान जिल्ला स्थित धर्मावति गा.वि. स-४,पाडावाङ्ग निवासि श्री मधूकर के.सी बाट बिगत केहि वर्षेखि हरेक वर्गलाई उपयुक्त हुनेखालको मातृभुमि चूलो अनुसन्धान गरिएको छ ।


परिचय:
प्यूठान जिल्ला स्थित धर्मावति गा.वि. स-४,पाडावाङ्ग  निवासि श्री  मधूकर के.सी बाट  बिगत  केहि  वर्षेखि  हरेक वर्गलाई उपयुक्त हुनेखालको मातृभुमि चूलो अनुसन्धान गरिएको छ ।

यो  चूलो  ठूलो  मेस  देखि  पारिवारीक  तह  सम्म प्रयोग र्गन  सकिने भएकाले अत्याधिक  माग  बढेर जाने कुरा पक्का  छ । यो व्यवसाय ले  मुख्यतः नेपाल  राष्ट्रभरि  र आफ्नो  विकासको  स्तरवृद्धि को क्रममा अन्य  मुलुकहरुमा  समेत  दैनिक  नभइ  नहुने उर्जा आपर्र्ति  गर्न  सक्दछ । यस  मातृभूमि  चूल्हो  प्रयोग गर्दा  प्रथमतः अत्यधिक कम  इन्धन  खर्च  हुन्छ  साथै  समयको वचत, इन्धन वचत, स्वरोजगारीता, स्वास्थ्य मा सुधार, ग्लोवल वार्मिङ्ग  समस्या  न्यूनिकरणमा  सघाउने  कुरा पक्का छ । अतःसो सुधारिएको  चुलो उत्पादन गर्ने आधारमा  यो  स्कीम तर्जुमा  गरिएको छ ।

यस चूलोको कार्य क्षमता – नेपाल इन्जीनियरिङ्ग अध्यान संस्थान वाट परिक्षण  गर्राई सकिएको छ ।

उत्पादनः
इन्धनको खपत कम गर्ने,वातावरणप्रिय  मातृभूमि चूलो

लक्ष्यः
यस चुलोको  प्रयोगले  इन्धनको  खर्च  कम  हुन्छ, धुवा  ननिक्लनुको  कारण  जनस्वास्थ मा  सुधार आउँछ, वनस्पतिको खपत  कम  हुन्छ, ग्यास र मटितेलको  महंगाई र आपर्र्ति  संकटबाट बच्न सकिन्छ, आकाशमा  कार्वनको  उर्त्सजन  प्रकृया कम भै  जलवायु  सन्तुलनमा  सघाउँ  पुग्छ, स्वदेशि  रोजगारीमा  विकास भै  विदेश पलायनको आँधीलाई न्यूनिकरण गर्नमा सघाउ  पुग्दछ ।

लक्ष्ति  उपभोक्ताः
इन्धनको अपर्याप्तता र चर्को  मूल्यको  मार  खेपिरहेका  सम्पर्ण  देशबासी ।

निष्र्कशः
यो  चूलो  बिक्रिका  श्रेत्रहरु  र  आधारहरु  व्यापक  छन् । प्रचार  प्रसार, प्रशिक्षण, संघ संस्था र जनस्तरमा  सम्बन्ध  विस्तार एवं उत्पादनमा  व्यापकता  र  वितरणको संजाल निर्माण संगै  यसको  बिक्रिका  श्रेत्रहरुको  दायरा  व्यापक भएर जाने छ ।यसका साथसाथै यस चूलोको  निर्माणको  लागी  पूजीँ  लगानीको  नितान्त आवश्यकता छ ।